हिमाल आरोहण रोयल्टी, बिहीबारसम्म साढे ४१ करोड संकलन

काठमाडौं, २९ चैत । हिमाल आरोहणको मूख्य सिजन शरद ऋतुमा बिहीबारसम्म ७२ टोलीका ६३६ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ती आरोहीबाट ४१ करोड ४७ लाख ८१ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । अहिलेसम्म नेपालका २० हिमाल आरोहण गर्न पर्यटकले अनुमति लिएका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै सगरमाथा चढ्दैछन् । विभागमा अनुसार बिहीबारसम्म २८ आरोहण दलका ३०८ जनाले विदेशीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । सगरमाथा चढ्ने विदेशी पर्यटकबाट मात्र ३७ करोड रोयल्टी उठेको छ । सगरमाथा चढ्न ४ आरोहण दलका १२ जना नेपालीले पनि अनुमति लिएका छन् । उनीहरुबाट ९० हजार रोयल्टी उठेको विभागले जानकारी दिएको छ ।

सगरमाथामा सरसफाई गरिदै
सगरमाथामा निधन भएका आरोहीहरुको शव बाहिरै देखिने गरेको गुनासो बढेपछि सगरमाथामा सरसफाई अभियान संचालन गरिने भएको छ ।

हिमाल पग्लिदै जाँदा मावन शरीर बाहिर देखिने र त्यसले आरोहणमा गएका आरोहीको मनोवलमा समेत असर पुग्ने गुनासो बढेपछि सगरमाथामा सरसफाई अभियान शुरु गर्न लागिएको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ ।

संघको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाली सेना, सगरमाथा प्रदुषण नियन्त्रण समिति र पासाङ ल्हामु गाउँपालिकाको सहभागितामा सगरमाथामा सरसmाई अभियान संचालन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here