१३५ मिलियन पाउन्डमा नेयमार बेच्न पिएसजी तयार, बार्सा अघि बढ्ला ?

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्ना ब्राजीलियन स्टार फवार्ड नेयमार बेच्न तयार भएको छ ।

पिएसजीले नेयमारको रिलीज क्लज १३५ मिलियन पाउन्ड तोकेको छ ।

यसअघि रिलीज क्लज १८६ मिलियन तोकिएकोमा यो पटक ५१ मिलियन पाउन्ड घटाउदै १३५ मिलियन पाउन्डको रिलीज क्लज राखिएको छ ।

अघिल्लो ट्रान्सफरमा नेयमारका लागि बार्सिलोनाले प्रयास गरेपनि अन्तिम समयमा मुल्यमा छिनोफानो नहुदा नेयमार पीएसजीमै बस्न बाध्य बनेका थिए ।

यो पटकपनि बार्सिलोना नेयमार भित्र्याउने दाउमा छ । केही समयदेखि टिमको अट्याकिङ लाइनमा समस्या देखिएसंगै बार्सिलोना स्टान खेलाडीको खोजीमा छ ।

सन् २०१७ मा बार्सिलोनाबाट नेयमार २२२ मिलियन पाउण्डमा पीएसजी गएका थिए ।

२८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको पिएसजी लिग वानको शिर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here