कोरोनाविरुद्ध लड्न विश्व बैंकको सहायता रकम वृद्धि

काठमाडौं, ५ चैत । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ ।

विश्व बैंकले उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गरेको जनाएको छ । बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ।

यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर (९ खर्ब ५२ अर्ब रुपैयाँ) सहायता रकम घोषणा गरेको थियो।

उक्त रकम प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here