काठमाडौं, ७ चैत । कोरोनाभाइरस रोकथाम ब्यबस्थापनको लागि महानगरपालिकाले विभिन्न मन्दिरमा भक्तजनहरुलाई प्रवेश निषेध गरेको छ ।
महानगरको वडा नम्बर २२ ले संकटा मन्दिर, महाँकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर, र बटु भद्रकाली मन्दिरहरुको भक्तजनलाई प्रवेश निषेध गरिएको हो ।
महानगरले चैत्र ७ गते शुक्रबारदेखि लागु हुने गरी नित्यपुजा बाहेक भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।