कोरोना प्रभावः अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, ७ चैत । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विदेशी मुद्राको भाउ बढ्न थालेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ । यो रकम अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

यसैगरी, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ । यसका साथै पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तो छ थप जानकारीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here