कोरोना: रोगभन्दा भ्रम घातक, यसरी फैलिन्छ संक्रमण

काठमाडौं, ७ चैत । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दो क्रममा छ । अहिलेसम्म १ सय ६५ भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसको कारण २ लाख ४५ भन्दा धेरै मानिसहरु संक्रमित भएका छन् भने १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण देखिएको कुनै आधिकारीक सूचना नआएपनि कोरोनाको संक्रमण कुनैपनि समयमा आउन सक्ने भएको कारण यसको लागि बच्नको लागि सर्तक बन्नु सबैभन्दा मुख्य कुरा भएको ओम अस्पतालका जनरल फिजिसियन डा. परशुराम घिमिरे बताउँछन् ।

‘विश्वका हरेक देश कोरोनाको चपेटामा परेका छन् । विश्वका मै हुँ भन्ने शक्तिशाली देशको हालत हामी देखिरहेका छौं ।’ उनले भने, ‘यस्तो अवस्थामा हाम्रो देशमा त आएको छैन् आउदैन् भनेर बस्नु सबैभन्दा मुर्खतापुर्ण काम हो । त्यसकारण कोरोना संक्रमणको बारेमा सर्तक बन्नुपर्छ ।’

डा. घिमिरेका अनुसार कोरोना भाइरसको संक्रमण हुनुका कारण, लक्षण र बचावटका उपाय यस्ता छन्ः

यसरी सर्छ कोरोना

अहिलेसम्म पनि बास्तविक रुपमा यसकारण सर्छ भन्ने कुरा प्रमाणित नभएपनि यो एक प्रकारको सरुवा रोग तथा रोग प्रतिरोधक क्षमतामा असर गर्ने प्रकारको संक्रमण भएको कारण संक्रमण हुने कारण यस्तो हुने डा. घिमिरे बताउँछन् ।

– हावाको माध्यमबाट
– संक्रमित संगको प्रत्यक्ष सम्पर्क
– सरसफाइमा ध्यान नदिदाँ
– स्वास प्रश्वासको माध्यमबाट

यस्ता छन् कोरोनाका लक्षण

– ज्वरो (१०२ वा त्योभन्दा माथिको ज्वरो)
– सुख्खा खोकी
– रातको समयमा धेरै खोकी
– स्वासप्रश्वासमा समस्या
– रुघा
– थकाई धेरै लाग्नु
– रोग प्रतिरोधक क्षमतामा असर गर्ने भएको कारण कमजोर हुनु
– ५० वर्षभन्दा धेरै उमेरका मानिस तथा दिर्घ रोगीमा छिटो प्रभाव देखिनु ।

बच्ने उपायहरुः

– सबैभन्दा पहिलो कुरा आफ्नो सुरक्षामा ध्यान दिने
– परिवार, समुदाय छिमेकलाई सुरक्षित राख्न प्रयास गर्ने

व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने

– समय समयमा साबुन पानीले हात धुने
– मस्कको अनिवार्य प्रयोग गर्ने
– पानी प्रशस्त खाने
– अत्यन्त आवश्यक समय बाहेक अन्य समयमा बाहिर ननिस्कने
– भिडभाडमा नजाने जस्ता कार्यहरु गर्नुपर्छ ।

सतर्क रहने हो डराउने होईन्

अहिलेको सन्दर्भमा इटाली बाहेक अन्य देशमा संक्रमणको अवस्था र त्यसबाट भएको मृत्युदर निकै कम भएको कारण नेपालमा त्यस्तो धेरै आत्तिनुपर्ने अवस्था नभएको कुरा डा. घिमिरे बताउछन् ।

‘अहिलेको कुरा गर्ने हो भने चीनले कोरोना विरुद्ध एक प्रकारको जीत प्राप्त गरिसकेको छ । संक्रमित देशको कुरा गर्ने हो भने पनि इटाली बाहेक अन्य देशको अवस्था सामान्य नै छ ।’

उनले भने, ‘त्यसकारण कोरोनासंग अत्तिनुपर्ने कारण त्यस्तो धेरै छैन् । समस्या एउटै हो हाम्रो परिपक्क तयारीका साथै आवश्यक सम्पुर्ण उपकरण छैन्, त्यसकारण देखा पर्यो भने भयानक अवस्था आउला कि भन्नेमात्र हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here