कोरोनाबाट मृत्यु हुनेको औसत आयु ७८.५ वर्ष, युवा पनि जोखिममा

काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमण युवालाई हुँदैन भन्ने तथ्यलाई नकार्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, प्रौढ तथा वृद्ध मात्र नभएर युवा पनि जोखिममा रहेको भन्दै होस पुर्‍याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम गिबरिएसोसले युवाहरुको हर्कतले कसैको जीवनलाई अघात पुर्‍याउन सक्ने बताए।

विश्व स्वास्थ्य संगठनले पछिल्लो प्राप्त तथ्यांकमा कोरोना भाइरसको संक्रमणलाई लिएर युवाहरु चिन्तित नरहेको बताइएको छ। उनीहरुको बुझाई छ-यो केवल बुढापाकालाई मात्र लाग्छ।

कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र अढाई लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका पनि रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेको पाइएको छ।

न्युयोर्कमा प्रकाशित समाचारका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको औसत आयु ७८.५ वर्ष रहेको छ। तर ५० प्रतिशत मुनिको मृत्यु हुने औसत आयु एक प्रतिशत रहेको समाचारमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here