काठमाडौं, ८ चैत । एन आई सी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।
घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि निशुल्क प्रदान गर्ने जनाएको छ।