नेपालमा टेलिकम सेवा प्रदायक कम्पनीको नाफा निकै धेरै

काठमाडौं ३० चैत । नेपालमा टेलिकम सेवा प्रदायक कम्पनीको नाफा प्रतिशत विश्वका अन्य मुलुकको तुलनामा अत्यधिक पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४\७५ को वार्षिक प्रतिवेदन अनुसार नेपालमा संचालनमा रहेका टेलिकम सेवा प्रदायक कम्पनीको नाफा प्रतिशत निकै उच्च रहेको पाइएको हो ।

प्रतिवेदन अनुसार सरकारी स्वामित्वको टेलिकम कम्पनी नेपाल टेलिकमको नाफा ५८ प्रतिशत रहेको छ । निजी स्वामित्वको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको नाफा ६२ प्रतिशत छ ।

महालेखाले प्रतिवेदनमा अमेरिका, बेलायत, जर्मनी, जापान, भारत, मलेसिया र चीनलगायत देशको दुरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा र नेपालका कम्पनीको नाफा तुलना समेत गरेको छ । जसअनुसार ती मुलुकमा कम्नीहरुको नाफा प्रतिशत २४ देखि ३८ प्रतिशतसम्म छ । नेपालमा भने ५८ देखि ६२ सम्म नाफा रहेको प्रतिवेदनमा उल्लेख छ । टेलिफोन सेवा प्रदायक कम्पनीले गर्ने मुल्य निर्धारणमा नाफाको अंश अधिक पाइएको महालेखाले उल्लेख गरेको छ ।

महालेखाका अनुसार कम्पनीहरुको सञ्चालन नाफामा अत्याधिक अन्तर भएको सम्बन्धमा नियमनकारी निकायले समेत चासो नदिएको र विश्लेषण नगरेको बताएको छ । जसले गर्दा उपभोक्ता मारमा पर्ने गरेको कार्यालयको भनाई छ ।

अन्य मुलुकको नाफा प्रतिशत यस्तो छ । 

स्रोत : महालेखा परीक्षकको कार्यालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here