सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढ्यो

काठमाडौं, ९ चैत । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढेको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतबार १००० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तजावी सुनको मूल्य पनि प्रतितोला १००० रुपैयाँले नै बढ्यो ।

अघिल्लो दिन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइबार १००० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढ्यो ।

शुक्रबार प्रतितोला ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा आइतबार २० रुपैयाँ बढ्दै प्रतितोला ७ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here