कोरोना कहरः घरमै सुरक्षित रहन बार्सिलोनाका खेलाडी राकिटिकको सन्देश

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण संक्रमण कम नहुँदासम्म घर भित्र नै रहन सबै समर्थकलाई आग्रह गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाल बार्सिलोनाको फेसबुक पेजमा सन्देश प्रस्तुत गर्दै सबैलाई सर्तक रहन उनले आग्रह गरेका हुन् ।

‘यस्तो अवस्थामा सबैजना घरभित्रै रहनुहोला । म पनि घर भित्रनै छु । डसबिनको फोहोर फाल्न मात्र म बाहिर निस्कन्छु । यो सबैले आफूलाई र अरुलाई पनि सुरक्षित बनाउने समय हो । ’ उनले फेसबुकमा लेखेका छन् ।

राकिटिक बार्सिलोनाको स्टार खेलाडीको रुपमा रहँदै आएकाम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here