काठमाडौं, १३ चैत । सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान देखिएको छ । पहिलो र दोस्रो दिन भन्दा थप कडाइका साथ प्रस्तुत हुने तयारीका साथ सुरक्षाकर्मीले परिचालन गरिएको छ ।
त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ।
बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो। लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए ।























