पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके महामारी फैलिन्छ -डब्ल्यूएचओ

काठमाडौं, १३ चैत । नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सचेत गराएको छ । पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने चेतावनी दिँदै सचेत गराएको हो ।

नेपालमा अहिलेसम्म तीनवटा कोरोना संक्रमित देखिएको छ । तीनवटै संक्रमित विदेशबाट आएका छन् । नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन । सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो ।

इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको भनाइ छ । पछिल्लो समय इटाली र स्पेनमा दैनिक सात सयको मृत्यु हुँदै आएको छ ।

पहिलो चरण– बिदेशबाट आएकाहरूमा मात्र कोभिड–१९ पोजेटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो । तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजेटिभ देखिने चरणमा पुग्ने बताइएको छ ।

चौथो चरणमा महामारीको रुपमा फैलिने भविष्यवाणी गरिएको छ । चीन र इटाली चौथो चरणबाट गुज्रीरहेको विश्व स्वास्थ्य संगठनको विश्लेषण छ । भरत तेस्रो चरणमा प्रवेश गर्दै गरेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here