लकडाउनले अलपत्र परेका पर्यटक चार्टर्ड विमानमा स्वदेश फिर्ता

काठमाडौं, १४ चैत । लकडाउनको कारण नेपालको विभिन्न स्थानमा अलपत्र परेका पर्यटक चार्टर्ड विमानमा स्वदेश फिर्ता भएका छन् ।

नेपालस्थित विभिन्न राजदूतावासले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई चार्टर्ड विमानमा स्वदेश फिर्ता पठाएका छन्।

शुक्रबार बिहान दोहाबाट खाली आएको कतार एयरवेजको क्युटिआर ७४८२ उडान नम्बरको जहाज ३०५ जना यात्रु लिएर उडेको काठमाडौंबाट उडेको हो ।

उक्त जहाजमा फ्रेन्च, जर्मन तथा अन्य युरोपेली मुलुकका नागरिक सवार छन्। जहाज दोहा हुँदै फ्रान्सको पेरिस जानेछ।

पोखरा, लुक्लालगायत ठाउँमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न फ्रान्सेली दूतावासले बिहीबार बुद्ध र तारा एयरका जहाज चार्टर्ड गरेको थियो।