‘हामी समाज, राष्ट्रका लागि अभियानमै छौं’- अभियान्ता केपी खनाल

काठमाडौं । चीनको वुहानबाट सुरुभएको कोरोनाभाइरसको त्रास विश्वभर छ। कोरोनाबाट बच्न विश्वनै सतर्क रुपमा लागि रहेको छ ।

नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास नै रहेको छ । यो समयमा जो जुन स्थानमा रहेको छन् त्यहिबाट नै देशको लागि केहि गरिरहेका छ ।

लकडाउनको बेला नेपालको कान्छा अभियान्त भनेर चिनिने केपी खनाल सेल्फ क्वारेन्टाइनमा भनेर भित्र बस्नु भन्दापनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्देश लिएर गाँउ टोल पुगेका छन् ।

चिकित्सकहरुको टोलीसँग मिलेर अभियान्ताको एक समूह कैलालीको लम्की- चुहा नगरपालिकाको प्रत्येक वडामा सचेतना अभियान चलाईरहेको खनालले क्लाउड पत्रिकालाई बताए ।

लकडाउनपछि खनालको दिनचर्या नै फेरिएको छ । चस्मा, मास्क, पञ्जा र पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) ले जिउ ढाक्छन् ।

हातमा मास्क, सेनिटाइजर, डिटोल साबुन, चाउचाउका पोका लिन्छन् । अनि कोरोना रोकथाम, सुरक्षा सचेतनाका लागि आफ्नै गाउँ कैलालीको लम्कीचुहा चहार्छन् । लम्किचुहा अस्पतालका डाक्टर प्रकाश तिमिल्सेनाको टोलीसंग दिनभर सचेतनामै बिताउने गरेका छन् ।

गाँउ गाँउमा पुगेर माक्स कसरी लगाउने, हात धुने, समुदायमा कसरी जमघटको दुरी कायम गर्ने , भिडभाडबाट कसरी टाढा रहने लगायत विभिन्न अभियान चलाईरहेका छौ उनले भने ।

साबुन, माक्स नभएको ठाँउमा आवश्यता अनुसार वितरण पनि गरिरहेका छौं यो नै हाम्रो अभियानको लक्ष्य भएको खनालले बताए ।

यताको सोच भनेको माक्स भनेको घरभित्र पनि लगाई पो रहनु पर्छ भन्ने रहेछ हामी आएपछि उहाँहरु धेरै विषयमा जानाकार भैसक्नु भएको छ ।

हामीले वडावडामा गएर विदेशबाट आउनु भएको मानिसको सोधखोजो, समुदायमा भएकालाई पनि उच्च ज्वरो आएकालाई स्वास्थ्य संस्थामा सम्पर्क गर्नको लागि आग्रह पनि गरेका छौ ।

यो समयमा आफ्नो लागि मात्र होइन, समाजका लागि, राष्ट्रका लागि सोचौं, व्यक्तिगत सरसफाईमा ध्यान दिऔं । हामीले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नु पर्छ ।

भित्र बस्नु पर्ने दुःखको कुरा पनि हो तर, यो कुरालाई पनि सही सदुपयोग गर्न सक्छौं उनले भने । उनिहरुको टोलीले एक सय घर जतिको वादी बस्तीमा चाउचाउहरु पनि वितरण गरेको छ ।

लम्किचुहाबाट भारतमा नोकरी गर्न जाने धेरै रहेको उनले बताए । धेरैजसो फर्किनुभएको छ । उताबाट आएकालाई सुरक्षित राख्न प्रत्येक वडामा सुविधायुक्त क्वारेन्टाइन बनेको छ विद्यालयलाई प्रयोग गरेर । उहाँहरु जुन वडाका नागरिक हुनुहुन्छ, त्यही वडाको क्वारेन्टाइनमा राखिएको उनले भने ।

हामी स्वस्थ्य, सवल र सुरक्षित रहनका लागि हाम्रो समुदाय, हाम्रो राष्ट्र पनि स्वस्थ्य हुनु पर्छ भन्ने सन्देश कोरोनाले दिएको छ । पक्कै पनि अबको पुस्ताले कोरोनाबाट यी कुराहरु सिक्ने छ ।

हामी अहिले फुर्सदमा छौं । यो समय केही लम्ब्याएर हाम्रा सबै संयन्त्र र सिस्टमहरुलाई पनि केही सुधार गरौं । ताकि भोलीका दिनमा कसैले, कसैलाई दोष लगाउने अवस्था सिर्जना नहोस् ।

कोरोनाले मानव समुदायलाई आतंकित तुल्याएपनि केही सन्देश अवश्य दिएको छ । यतिबेला जीवन महँगो भएको छ र बाँच्नकै लागि मान्छेले धेरै कुराहरु ख्याल गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।

खनाल क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्ष हुन् । सदुरपश्चिमको गरिब परिवारमा हुर्किएका केपी ०६८ सालमा १२ वर्षको हुँदा ‘गरिब विद्यार्थी बाल क्लब’ मा आवद्ध थिए । बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान क्रमशः झांगिँदै गएर अहिले चर्चित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here