हिमालयन बेभरेजको ‘लक्की ड्र’ विजेता घोषणा

काठमाडौं, २ बैशाख । रोयल काठमाडौं हिमालयन बेभरेज प्रालिले संन्चालन गरेको ‘लक्की ड्र’को विजेता घोषणा गरेको छ ।

‘लक्की ड्र’को विजेता भक्तपुर पुरानोठिमी स्थित सुनिमा स्टोरका उज्जल राई भएका छन् । विजेता राईले १५० सीसीको पल्सर मोटर बाईक हात पारेका छन् ।

आफ्ना उपभोक्ता र ग्राहक वर्गलाई प्रेरणा प्रदान गर्नको लागि ‘लक्की ड्र’ राखेको कुरा कम्पनीका बिक्री वितरण विभाग प्रमुख मिलन शर्माले बताए ।

‘लक्की ड्र’ कार्यक्रममा द्वितिय पुरस्कार स्कुटर दुई थान राखिएको थियो भने अन्य पुरस्कारमा २० थान रेफ्रिजेरेटर , १० थान ५५ ईन्च टि.भी र सान्त्वना पुरस्कार स्वरुप २५ थान मोबाईल राखिएको थियो ।

कम्पनीका अध्यक्ष गणेश चापागाईले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here