एनएमबी र नेपाल भारत मानव विकास मैत्री संघले दिए सरकारलाई हजार थान पीपीई

काठमाडौं, २३ चैत । एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले सरकारलाई १ हजार थान पीपीई दिएका छन् ।

एनएमबीले ७ सय र संघले ३ सय थान पीपीई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।
एनएमबीले पीपीई चीनबाट ल्याएको हो भने संघले नेपालमै उत्पान गरेका सामग्री संकलन गरेको हो ।

संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसालले सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री बुझ्दै मन्त्री ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताए ।

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि सरकारले भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको पनि उनले जानकारी दिए । ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ,’ मन्त्री ढकालले भने ।

सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था गरेको छ ।
स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता पनि मन्त्रीले दोहोर्याएका छन् ।

दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको भन्दै उनले भने, ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालाको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

कोरोनाकोविरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here