यसरी छानिए दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को शीर्ष २० (भिडियो सहित)

काठमाडौं । काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को शीर्ष २० मा पुग्न सफल भएका छन् ।

लेजेन्डरी गायक बब मार्लीको गीत गाएका दिवेश अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण हुँदै आएको चर्चित सिङ्गीङ रियालीटी शोको शीर्ष २० मा छानिएका हुन् ।

यसअघि पनि उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाएको थियो । यसरी सबैमाझ राम्रो प्रभाव पार्न सफल दिवेसको स्वभावदेखि उनको गायन कला सबै आफूहरुलाई अत्यन्तै मन परेको भन्दै जजहरुले पुनः उनको तारिफ गरेका थिए ।

अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here