प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले मंगलबार विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउन (बन्दाबन्दी) वैशाख ३ गतेसम्म लम्ब्याएको छ। चैत ११ गतेयता जारी लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here