निक साइमन इन्स्टिच्युटले दियो १० पोर्टेबल भेन्टिलेटर र एक हजार पीपीई

काठमाडौं, २५ चैत । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले मंगलबार ती सामाग्री हस्तान्तरण गरे ।

भेन्टिलेटर र पीपीई जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने मन्त्री ढकालले बताए ।

पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी उनले दिए ।

इन्स्टिच्युटका तर्फबाट अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।

हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू गरेका छन् । पीपीई यसअघि नै जिल्ला जिल्लामा पठाइ सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here