नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सकिने

काठमाडौं, २९ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपिएस मार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।

कनेक्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपिएस मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समयसापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम इसेवा तथा प्रभु–पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै फोन–पे मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ मार्फत समेत अनलाइन भुक्तानी भइरहेको कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल भुक्तानी प्रणालीबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here