मुुगुमै तीन रिसोर्ट!

काठमाडौ, ३ बैशाख । रारा भिलेज रिसोर्ट प्रालिले मुगु जिल्लाको तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालन गर्ने भएको छ ।

कम्पनीले मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो ।

रिसोर्ट भवनको बैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भवन शिलान्यास गर्न लागेको जनाइएको छ । दोश्रो चरणमा मुर्मामा भवन निर्माणको शिलान्यास हुने जनाइएको छ ।

गोर्खा इको प्यानल (निर्माण सामाग्री) को प्रयोगबाट रिसोर्ट भवन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्न रिसोर्ट बनाउन लागिएको जनाइएको छ ।

कम्पनीका अध्यक्ष अनुपविक्रम साहले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको प्रष्ट पारे ।

मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याउन लागेको उनले बताए।

हाललाई १० करोडको पुँंजीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जनाए । ताल्चामा २० कोठाको हल सहित र सल्लेरीमा १० कोठा सहितको रिसोर्ट बनाइने छ ।

साथै मुर्मामा असोज महिनामा ३० कोठाको रिसोर्ट बनाउने अध्यक्ष साहले सुनाए । तीन ठाउँमा गरेर २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहने छ ।

रिसोर्ट सञ्चालकमध्येका एक एवं गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले मुगु जस्तो विकट स्थानमा पनि वातावणमैत्री इको प्यानल प्रयोग गरी आकर्षक रिसोर्ट बनाउन सकिने उदाहरणका साथ रिसार्ट सञ्चालन गर्न लागेको बताए ।

रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्ल्ेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ ।

अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मनगर्ने भएकोले पनि दोहो¥याएर जानेको सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो ।

रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् ।

नेपाल सरकार र रारा नगरपालिकाले यसै बर्षदेखि ताल किनारमा रहेका प्राय सवै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेका कारणले पनि अव ताल किनारमा बसोवासका लागि कुनै पनि होटल रहने छैनन् ।

अर्कोतर्फ, बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भएकाले रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा पहिलो चरणमा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानमा होटल निर्माण गरी कम्तीमा ५० जनालाई सेवा दिने गरी कार्ययोजना बनाएको जनाएको छ ।

विशेष गरी विदेशमा रहेका नेपाली र विदेशीहरुवाट लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here