एनएमबी बैंकले दियो ७ सय पीपीई, कोष र आविष्कार केन्द्रलाई पनि सहयोग

काठमाडौं, १ बैशाख । एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकारलाई ७ सय पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरेको छ ।

बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७ सय पीपीइ बितरण गरेको हो ।

देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई रु. १ करोड ५१ लाख र राष्ट्रिय अविष्कार केन्द्रलाई रु. ५ लाख दिएको थियो ।

साथै, अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको अांशिक रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालयमार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here