रौतहटमा कोरोना संक्रमित भेटिए

काठमाडौं, १ बैशाख । रौतहट जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नारायणी अस्पतालमा लगिएको प्रवक्ता देवकोटाले जानकारी गराए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी गराए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here