१२ दिन थपियो लकडाउन, सीमानाका १८ गतेसम्म बन्द

काठमाडौं, २ बैशाख । सरकारले कोरोना भाइरस रोकथामका लागि बैशाख १५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । राजधानीसहित अन्य स्थानमा कोरोना भाईरसको सङ्ख्या बढ्दैपछि सरकारले लकडाउनको अवधि बढाएको हो ।

त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म नै बन्द रहनेछन्।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन लागू गरेको थियो।

पहिलोपटक एक हप्ताका लागि लागू गरिएको लकडाउनकाे समयावधि यसअघि दुई पटक थप गरिएको थियो।

नेपालमा मन्त्रिपरिषद् बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ बैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइसकेका छन्।

भारतसँग खुल्ला सिमाना भएको नेपालमा पनि अझै उच्च सतर्कता बढाउन लकडाउन थपिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here