एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा छुट

काठमाडौं, ३ वैशाख । एभरेष्ट बैकमा खाता खोलेका ग्राहकहरुलाई बसुन्धारा स्थित चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

बैंक र हस्पिटल बीच हस्ताक्षर भएको समझदारीपत्र अनुसार एभरेष्ट बैकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट लिन सक्ने व्यवस्था मिलाइएको हाे ।

‘सर्भिस विथ स्माइल’ भन्ने नाराको साथ सेवा प्रदान गरिरहेको एभरेष्ट बैकको देशभर ९४ वटा शाखा, २८ वटा राजस्व सङ्कलन काउन्टर र ११६ वटा एटिएम सेन्टर रहेका छन् ।

चिरायू नेशनल हस्पिटलले सन् २०१३ डिसेम्बर देखि आउट प्यासेन्ट र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here