बैंक तथा वित्तीय संस्थालाई नियमित ‘रिपोर्टिङ’ गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ४ बैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले प्रस्तुत गर्नुपर्ने रिपोर्टिङहरु पेश गर्न निर्देशन दिएको छ।

लकडाउनपछि राष्ट्र बैंकको निर्देशनअनुसार दैनिक रिपोर्टिङ गर्न छाडेका बैंकहरूलाई बैंकिङ क्षेत्रमा कोरोना भाइरसले पुर्‍याएको क्षति मूल्यांकन गर्ने भन्दै उक्त निर्देशन दिएको हो ।

गत चैत १२ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले गर्नु पर्ने रिपोर्टिङहरु परिस्थिति सामान्य भइ कार्यालय नियमित रुपमा खुलेको सात कार्यदिनभित्र गर्ने ब्यवस्था मिलाउनु भनेको थियो।

तर, अवस्था अझै सामान्य नभएपछि राष्ट्र बैंकले यस अगाडिको निर्देशन उल्टाउँदै यस्तो निर्देशन जारी गरेको हो।

तर विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

अघिल्लो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाको ‘ब्याक अफिस’ बन्द थिए। अब भने फाइनान्स विभागले पनि नियमित काम गर्नु पर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here