कोरोना राहत कोषमा चाँगुका सहकारीको अढाइ लाख

काठमाडौं, ४ बैशाख । चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिका भित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख रुपैयाँ, छिन्नमस्ता महिला साकोसले ३० हजार, नालाछाप प्रगतिशिल महिला साकोसले २१ हजार, सहयात्री साकोस र अष्टज साकोसले २०—२० हजार, सुरक्षा साकोस, क्षेत्रपाल गणेश कृषि सहकारी संस्था र दीपज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाले १०—१० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

यसैगरी बृहत साकोस, सहारा साकोस, पर्वत साकोस, नौलो साकोस, सौडोल कृषि सहकारी, गोदावरी कृषि सहकारी र कामद कृषि सहकारीले ५—५ हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले बताए ।

नगरपालिका क्षेत्रभित्रका सहकारी सम्मिलित सहकारीहरुको संञ्जाल चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालको समन्वयमा रकम संकलन गरिएको सञ्जालका अध्यक्ष उमेश प्रधानले जानकारी दिए ।

सञ्जालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण विरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग प्रदान गरिएको सञ्जालका सचिव प्रल्हाद बास्तोलाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here