काठमाडौंमा खान बस्नकाे समस्या भयाे ? अब यी १७ नम्बरमा फाेन गर्नुस्

काठमाडौं, ८ बैशाख । ‘लकडाउन’का कारण के तपाईं कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौंले तपाईलाई सहयोग गर्न सक्छ ।

नेकपा जिल्ला कमिटी काठमाडौंले ‘लकडाउन’को समयमा काठमाडौंभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ ।

नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौंमा रहेका जो कोहीलाई पनि खान र बस्नेको व्यवस्था गरिनेछ ।

‘तपाईहरु जहाँ हुनुहुन्छ, त्यही रहनुस् । खान, बस्नको समस्याले कोही कसैले पनि काठमाडौं छाड्नु पर्दैन ।’- उनले भने ।

नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरुको सम्पर्कमा जानसमेत आग्रह गरेको छ । समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

नेकपाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ ।

यस्तै केन्द्रीय सदस्य सावित्रा भुसाल, रामेश्वर फुयाँल, सुरेन्द्र मानन्धर, नारायण सिलवाल , वसन्त मानन्धर, अञ्जना विसङ्खे, मुक्ति प्रधान, कुमार पौडेल, पार्वती थापा र दिलीप महर्जनलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

नेकपाले सामाजिक दूरी कायम गर्दै लकडाउनलाई पूर्ण पालना गर्न, कुनै अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्तै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको सो पार्टीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here