निर्यात बढ्यो, व्यापार घाटा ४.३ प्रतिशतले कमी

काठमाडौं, ८ बैशाख । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आयात घटेर निर्यात बढ्दै जाँदा मुलुकको अर्थतन्त्र नै सुधारोन्मुख दिशातर्फ अघि बढेको देखिएको छ।

आठ महिनामा कुल वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भई रु.७४ अर्ब ९१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५.५ प्रतिशत र अन्य मुलुकतर्फ १.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९.४ प्रतिशतले घटेको छ ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा ४.३ प्रतिशतले कमी आएको छ। यस अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड कायम भएको छ।

गत वर्षको सोही अवधिमा यस्तो घाटा २४.४ प्रतिशतले वृद्धि भएको थियो।

आठ महिनामा कुल वस्तु निर्यात २२. ३ प्रतिशतले वृद्धि भएको छ। ८ महिनामा ७४ अर्ब ९१ करोड रुपैयाँको बस्तु विदेश निर्यात भएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात १५.६ प्रतिशतले वृद्धि भएको हो। गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५.५ प्रतिशत र अन्य मुलुकतर्फ १.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९. ४ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।

आठ महिनामा कुल वस्तु आयात २. ६ प्रतिशतले घटेर ९ खर्ब २४ अर्ब २४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३. ८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७. ५ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५. ५ प्रतिशत र ६. ८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ।

आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

यस अवधिमा निर्यात–आयात अनुपात ८. १ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.५ प्रतिशत थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here