पञ्चकन्याका कर्मचारीले तिलोत्तमालाई दिए ५ लाख रुपैयाँ र १ हजार माक्स

काठमाडौं, ९ बैशाख । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीले तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेका छन् ।

पञ्चकन्या समूहको कोटिहवास्थित कारखानामा कार्यरत कर्मचारीले चैत महिनाको आफ्नो पारिश्रमिकबाट केही दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् ।

कोरोनाभाईरस (कोभिड १९) का कारण समस्यामा परेका मजदुर तथा बिपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्धेश्यले ५ लाख रुपैयाँ सहयोग गरेको उनीहरुले बताएका छन् ।

कर्मचारीहरुले जम्मा गरेका ५ लाख रुपैयाँको चेक पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र शाहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा पञ्चकन्याले नगरपालिकालाई १ हजार मास्क समेत प्रदान गरेको छ ।

रकम बुझ्दै नगरप्रमुख घिमिरेले हाल सम्म तीन वटा संस्थाले ५ लाख वा त्यसमाथिको रकम सहयोग गरेको बताए । हालसम्म ५ लाख रुपैयाँ प्रदान गर्नेमा पञ्चकन्या समूहको कर्मचारी परिवार र तिलोत्तमामा रहेका दुई वटा खानेपानी संस्था रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here