सार्क क्षेत्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

काठमाडौं, १० बैशाख । कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा १ हजार २१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ।

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। पाकिस्तानमा अहिलेसम्म ९ हजार ७ सय ४९ जनाको कोरोना संक्रमण भएको छ भने २ सय ९ जनाको मृत्यु भएको छ।

भुटानमा अहिलेसम्म ६ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। श्रीलंकामा अहिलेसम्म ३ सय २१ जनालाई कोरोना संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ।

बंगलादेशमा अहिलेसम्म ३ हजार ३ सय ८२ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय २० जनाको मृत्यु भएको छ। अफगानिस्तानमा अहिलेसम्म १ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने ३६ जनाको मृत्यु भएको छ।

माल्दिभ्समा अहिलेसम्म ८६ जनालाई कोरोना संक्रमण देखिए पनि मृत्यु भने कसैको भएको छैन।

नेपालमा अहिलेसम्म ८ हजार ७ सय ७३ जनाको कोरोना परीक्षण भएको छ, । नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोना संक्रमण भएको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु भने भएको छैन। ७ जना उपचारपछि घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here