काठमाडौं, ११ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार साँझ २६ वर्षीय एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको परीक्षण भएको थियो।
स्राेतका अनुसार उनी साउदी अरबबाट ३० फागुनमा नेपाल आएका थिए। उनी अहिले हतुवागढीमा हेल्थ पोस्टको आइसोलेसनमा राखेर उपचार गराइरहेका छन्। योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ।























