दुई अध्यादेश राष्ट्रपतिद्धारा खारेज

काठमाडौं, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज सरकारको सिफारिसमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

शुक्रबार दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेशमार्फत् राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि चौतर्फी आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here