हवाई उडान जेठ २ सम्मका लागि बन्द गर्ने निर्णय

काठमाडौं, १३ बैशाख । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । लकडाउनकाे बारेमा भने भाेलिकाे मन्त्रिपरिषद्काे बैठकले नै निर्णय गर्ने बताइएकाे छ ।

त्यस्तै बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ । बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ । बैठकले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here