कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित

काठमाडौं, १४ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

आइतबार बिहानको तथ्याङ्क अनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ३६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्वमा १८ लाख ७८ हजार कोरोना भाइरस संक्रमित उपचारत छन्।

उपचारतमध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख २० हजार १ सय ७३ जनाको अवस्था सामान्य छ। हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ।

शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ, जसमध्ये ५४ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here