२४ घण्टामा २ हजार ९६ जनाको कोरोना परीक्षण, ६ जना रेड जोनमा

काठमाडौं, १४ बैशाख । सरकारले २४ घण्टामा २ हजार ९६ जनाको कोरोना परीक्षण गरेको छ ।

पिसीआरबाट ९ हजार ९३१ र र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले जनाए अनुसार ती मध्ये ६ जना रेड जोनमा परेका छन् । रेड जोनमा कुल २ सय ९६ जना छन्।

यस्तै १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन्। ६ जना उपत्यकामा आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले बताए।

परीक्षणको संख्या ५१ हजार नाघ्दा संक्रमितको संख्या पनि ५१ जना पुगेको छ। आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् ।

मन्त्रालयका अनुसार रौतहटका १९ वर्षीय १ जना पुरुष र अन्य ३ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here