कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो , २ लाख ६ हजारको मृत्यु

काठमाडौं, १५ बैशाख । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ जनाको पुगेको छ ।

तथ्याङ्कअनुसार आइतबारसम्म संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ७ सय ७ जना उपचारपछि निको भई घर फर्केका छन्।

अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकाम रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै रहेको छ। आइतबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ, जसमध्ये ५५ हजार ४ सय १३ जनाका मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here