काठमाडौं, १६ बैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १५ सय ६१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७ हजार ४५१ पुगेको हो ।
संक्रमणबाट मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। सोमबार थप ५८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।
भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। त्यहाँ हालसम्म साढे ८ हजार बढी संक्रमित रहेका छन् भने करिब ३४२ जनाको मृत्यु भएको छ।
त्यसपछि गुजरात, दिल्ली, राजस्थान, मध्य प्रदेश, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन्।