हिंकुमा हराएका तेस्रा कोरियाली पर्यटकको शव भेटियो

काठमाडौं, १६ बैशाख । अन्नपूर्ण क्षेत्रको हिंकु केभ इलाकामा हराएका तेस्रा कोरियाली पर्यटकको शव भेटिएको छ ।

गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं १ को हिंकु केभ इलाकामा गएको हिम पहिरोमा बेपत्ता भएका उनको शव नेपाली सेनाले सोमबार फेला पारेको हो ।

हिमपहिरोमा परि तीन नेपाली गाइड र चार कोरियाली पर्यटकहरु हराएका थिए । त्यसमध्ये दुई नेपाली गाइड र दुई पर्यटकको शव पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्दार टोलीले बैशाख ६ गते फेला पारेको थियो ।

सोमबार फेला परेको शव आर्मीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।

बाँकी एक नेपाली र एक कोरियालीको खोज जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here