काठमाडौंको एक युवामा देखियो कोरोना पोजेटिभ, टेकुमा थप परीक्षण हुँदै

काठमाडौं, १७ बैशाख । र्‍यापिड डायग्नोस्टिक (आरडीटी) टेष्टमा काठमाडौंको एक युवामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

कागेश्वरी मनहरा नगपालिकाको एक २१ बर्षिया युवकमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

र्‍यापिड टेष्टमा पोजेटिभ आए पछि थप नमुना स्वाब परीक्षणका लागि टेकु पठाईएको छ ।

ति २१ वर्षीय युवक चैत ७ गते दुबइबाट नेपाल फर्किएका हुन । सोही क्षेत्रमा रहेको सनसिटि अपार्टमेन्टमा केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here