कोरोना आशंकामा ५७ हजारको परीक्षण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं, १७ बैशाख । नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमा ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

२४ घण्टामा २ हजार ३ सय ६७ को कोरोना परीक्षण गरिएको छ । बुधबारसम्म २२ हजार ९ सय १ क्वारेन्टाइनमा छन् भने आइशोलेशनमा ८७ जना छन्।

जसमध्ये ४ काठमाडौं उपत्यका भित्र र ८३ जना बाहिरका छन्।

आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here