शिल्पीमा डबली शुरु

काठमाडौं, ५ बैशाख । राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डबली क्याफे शुरु भएको छ ।
नयाँ वर्ष २०७६ को अवसर पारि मंगलबारबाट क्याफे सञ्चालनमा आएको हो ।

डबली द स्पेश नाम दिइएको सो बुक क्याफेमा कफी, बेकरीलगायत अन्य परिकारको स्वादमा रमाउँदै विभिन्न पुस्तक पढने सुविधा छ । बहस र पठन संस्कृतिको प्रवद्र्धन गर्न भरतपुरमा गतवर्ष शुरु गरिएको क्याफेले काठमाडौंमा आफ्नो शाखा विस्तार गरेको सञ्चालक शारदा क्षेत्रीले बताइन् ।

गैरनाफामूलक कार्यक्रम तथा बहसका लागि क्याफेले निःशुल्क स्थान उपलब्ध गराउने र नाफामूलक कार्यक्रमा लागि भने केही शुल्क लाग्ने उनको भनाइ छ ।

सेवा आरम्भको अवसरमा बैशाख १० गतेसम्म क्याफेका हरेक मेन्यु आइटममा २० प्रतिशत छुट पाइने पनि क्षत्रीले बताइन् ।

क्याफे शुभारम्भको अवसरमा डबलीले वनस्पतीविद् डा. तीर्थबहादुर श्रेष्ठको नयाँ पुस्तक ‘भू–स्वरुप र हावापानी’को विमोचन गरेको थियो ।

विमोचन कार्यक्रममा डा. श्रेष्ठले जीव र वगत विषयको लेखनसम्बन्धमा प्रवचन दिएका थिए । नेपालका अमूल्य जडीबुटी तथा अन्य प्राकृतिक स्रोत वेवारिसे मिल्किरहेको र तिनको लगत नराखिएको तथा लागत र लाभको विश्लेषण नगरिएको उनले बताए ।

शिक्षक मासिकले प्रकाशन गरेको पुस्तकमा उनले प्रकृतिलाई कसरी हेर्ने र बुझ्ने भन्ने कुरा पनि सिकाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here