एकैदिन कोरोनाको ८१ हजार बढी संक्रमित थपिए, मृतक संख्या कति ?

काठमाडौं, १८ बैशाख । विश्वभर एकै दिन ८१ हजारभन्दा बढी कोरोनाको नयाँ संक्रमित थपिएका छन्।

तथ्याङ्कअनुसार बुधबार विश्वभर ८१ हजार १ सय ९६ कोरोनाका नयाँ बिरामी थपिएका हुन् भने ६ हजार ५ सय ३६ जनाले ज्यान गुमाए ।

अमेरिकामा कोरोना कारण २ हजार ३ सय ६७ जनाले ज्यान गुमाएका थिए भने २७ हजार ९ सय ७७ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए।

बेलायतमा बुधबार ४ हजार ७६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ७ सय ६७ जनाको मृत्यु भएको थियो।

स्पेनमा ४ हजार ७ सय ७१ कारोनाका नयाँ बिरामी थपिएको दिन बुधबार ४ सय ५३ जनाले ज्यान गुमाएका थिए। नेपालमा भने तीन जना नयाँ संक्रमित थपिएका थिए ।

विश्वमा हालसम्म ३२ लाख १९ हजार २ सय ४० जनामा कोरोना भाइरस रहेको पुष्टि भइसकेको छ। संक्रमितमध्ये २ लाख २८ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ।

हालः विश्वका २ सय १० देश तथा क्षेत्रमा १९ लाख ९० हजार ९ सय ४५ जना कोरोना भाइरसका संक्रमित उपचारत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here