अग्नि ग्रुपको अनलाइन फिटनेस कार्यक्रम हुँदै, श्रृङ्खला खतिवडाले सञ्चालन गर्ने

काठमाडौं, १८ बैशाख । अग्नि ग्रुपले अनलाइन सेवामार्फत् स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

जसअन्तर्गत आगामी तीन दिन आम नागरिकहरूलाई महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने जनाएको छ ।

वैशाख १९ शुक्रबारदेखि २१ गते आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

रुपले फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने भएको छ ।

यस प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ ।

यो कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले गर्ने छिन् ।

अग्नी ग्रपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here