२४ घण्टामा १ हजार ४ सयजनाको नमूना परीक्षण, दुईजना नयाँ संक्रमित भेटिए

काठमाडौं, १९ बैशाख । कोरोनाको आशंकामा नेपालमा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १२ हजार ५ सय ७७ जनाको प्रयोगशाला (पिसिआर) र ४७ हजार ७ सय ९७ को र्‍यापिड (आरडिटी) परीक्षण गरिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको छ।

आज थप नयाँ दुई संक्रमित भेटिएका छन्। बाँके र रुपन्देहीमा आज एक/एक जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। नेपालमा देखिएका संक्रमितमध्ये पुरुष धेरै छन्।

मुलुकभर हाल २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा छन्। प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजार ३ सय ३२, बागमतिमा ५ सय ३८, गण्डकीमा ७ सय ८, प्रदेश ५ मा १२ हजार १ सय ६३, कर्णालीमा ३ हजार ७ सय २४ र सुदूरपश्चिममा ३ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here