विस्फोटक पदार्थ पड्किँदा घाईते बालकको माहाकाली नगरपालिकाले उपचार गर्ने

दोधारा, २५ बैशाख । माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलीको पटेराघारीमा विस्फोटक पदार्थ खेलाउदा घाईते भएका बालकलाई माहाकाली नगरपालिका कार्यालयले उपचार गर्ने भएको छ ।

बुधबार बिहान माहाकाली नगरपालिका वडा नं. ३ निवासी अन्दाजी ९ वर्षीय महेन्द्र नेपालीले आफ्नै घरमा विष्फोटक पदार्थलाई हातले खेलाउदा गम्भिर घाईते भएका थिए ।

उपचाररत बालकको माहाकाली नगरपालिका नगरपालिका कार्यपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिए ।

विस्फोटक पदार्थ पड्किँदाँ वालकको दुबै हात क्षतबिक्षत भएको छ । विस्फोटक पदार्थ शिकारीहरुले खेतवारीमा बदेंललाई मार्न अलपत्र थापेको बम हुनसक्ने आंकलन गरिएको छ ।

घाईते वादलकलाई उपचारको धनगढी अञ्चल अस्पतालभै रहेको छ ।

प्रहरीको एक टोली महेन्द्र नेपालीको घरमा पुगेर अनुसन्धान अघि बढाएको छ भने नेपाली सेनाको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here