कोरोना संक्रमितको संख्या ३९ लाख नाघ्यो, ४८ हजारको अवस्था गम्भीर

काठमाडौं , २६ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख नाघेको छ ।

बिहीबार एकै दिन संसारभर गरी ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९ लाख १३ हजार २ सय ५६ पुगेको छ ।

संक्रमितमध्ये २३ लाख एक हजार ४ सय ३० जना उपचारको क्रममा छन्। त्यसमध्ये ४८ हजार ९ सय ४८ जनाको अवस्था गम्भीर छ।

संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ३ सय ९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ५५ सय ५७ जनाको मृत्यु भएको छ। अमेरिकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट २१ सय ९ जनाको मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म मृतकको संख्या ७६ हजार ९ सय ८ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ। बिहीबार मात्रै अमेरिकामा २९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here