काठमाडौं, २७ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका आवास निर्माणमा जोखिम वर्गका लाभग्राहीलाई थप ५० हजार दिने भएको छ ।
प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले जोखिम वर्गका लाभग्राहीलाई रकम थप ५० हजार उपलब्ध गराउने कार्यविधि पारित गरेको हो।
७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई आवास पुनर्निर्माण गर्न थप ५० हजार उपलब्ध गराउने कार्यविधि स्वीकृत भएको छ ।
प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले जोखिम वर्गका लाभग्राही (७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिग) लाई आवास पुनर्निर्माण गर्न थप ५० हजार उपलब्ध गराउने कार्यविधि स्वीकृत लगायतका निर्णय गरेको छ । pic.twitter.com/hCkWeq0TAv
— NRANepal (@NRANepal) May 9, 2020























