काठमाडौं, २८ बैशाख । धितोपत्रको दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले डिम्याट खाता अद्यावधिक (बीओआईडी अपडेट) गराउनै पर्ने भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले लगानीकर्ताले एउटा बीओआइडी(डिम्याट खाता आइडी)लाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्नसक्ने व्यवस्था रहेकोले आफ्ना ब्रोकरकहाँ आफ्नो डिम्याट खाता अद्यावधिक गर्न वा गराउन नेप्सेले आग्रह गरेको हो
मंगलबारदेखि सेयर किनबेच गर्दा लगानीकर्ताले कारोबारको आदेश प्रविष्टि गरेपछि निजको सेयर निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था रहेको हुनाले नेप्सेले उक्त आग्रह गरेको हो ।
धितोपत्र बजार कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनपछि लामो समयसम्म बन्द रहेको थियो । सेयर बजार आगामी बैशाख ३० गते मंगलबारदेखि खुुल्दैछ ।


























